Logo

समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान



काठमाडौं, २९ जेठ । समृद्धि फाइनान्सले शनिबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव राज जोशि, हेटौंडामा हेटौंडा उ.न.पा.का उप मेयर राजेश बानियाँ, पोखरामा कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रि विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा संचालक सुजन अधिकारीको उपस्थिति रहेको संस्थाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्