Logo

पाकिस्तानमा विदेशी मुद्रा संचिती घट्न थालेपछि…



एजेन्सी, ३० जेठ । पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्न थालेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपी अहिलेसम्मकै कमजोर भएको छ ।

विदेशी मुद्रा संचिती घटेसँगै आर्थिक संकट गहिरिन थालेको छ । अर्कोतर्फ, ऊर्जा संकट बढेर लोडसेडिङ्ग पनि बढेको छ ।

पाकिस्तानले खाना पकाउने ग्याँसको आयातमा कतारलाई गुहारेको छ । उसले कतारसँग पछि रकम तिर्ने गरी सम्झौता चाहेको छ । डनको रिपोर्ट अनुसार पाकिस्तानका अर्थमन्त्री मिफटा इस्मेलले पछि तिर्ने गरी ग्याँस खरिदको सम्झौता गर्नेबारे छलफल गरेका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषको रकम पर्खिएको छ ।

पाकिस्तानमा विदेशी मुद्रा ४५ दिन आयात धान्ने गरी मात्र पर्याप्त छ । आयात बढ्दा निर्यात कम हुँदा पाकिस्तानको अर्थतन्त्रमा अझ धक्का लागेको छ । त्यहाँ अप्रिलमा मात्र आयात ७२ प्रतिशते बढेको तथ्यांक छ । पाकिीतानमा १० अर्ब ३ करोड डलर विदेशी मुद्रा मात्र संचित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot