काठमाडौं, ३१ जेठ । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई पति उत्तरकुमार वलीको दुर्घटनाबाट निधनपछि चुनाव जितेर सांसद बन्ने अवसर जुर्यो । त्यतिबेला उनी नेकपाको सूर्य चिन्हबाट दाङमा चुनाव लडेर प्रदेश सभा सांसद बनिन् ।
उत्तरकुमार वलीको निधनपछि विमला वलीबारे धेरै तथ्यहरु बाहिरियो । विशेषगरी लुम्बिनी प्रदेशको सरकार बनाउने र ढलाउने खेलमा उनी निर्णायक शक्ति बनिन् । कहिले एमालेमै रहेको भन्ने त कहिले माओवादीमा छु भन्ने गर्न थालिन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाइएको भन्दै सार्वजनिक रुपमा भनिन् । उनी माओवादीमा लागेर राज्यमन्त्री बन्न सफल भइन् । त्यतिबेला उनको एकजना पुरुषसँगको संवेदनशील तस्बिर बाहिरियो । ती पुरुष थिए एकराज बस्नेत । बस्नेत ठेक्कापट्टामा संलग्न थिए । दुवैबीच निकट सम्बन्ध थियो ।
बिमलाको एकराजसँगको चुम्बन गरिरहेको तस्बिर नै बाहिरियो । त्यसको बिमलाले खण्डन गरेर तस्बिर एडिट गरेर चरित्रहत्या गरेको दाबी गरिन् । एकराजलाई आफ्नो भाई भनिन् । अहिले आएर उनै एकराजलाई पोई भनेर विहानै घर पुगेर बबण्डर मच्चाइन् । आखिर उनले किन एकराजलाई पोई भनिन् र उनको पत्नीमाथि आक्रमण गरिन् ? प्रहरीले अनुसन्धान बढाएको छ ।
पछिल्लो समय बिमला र एकराजबीच विवाद देखिएको छ । विवादकै कारण उनी मङ्गलबार विहानै एकराजको तुल्सीपुरस्थित घरमा पुगिन् । गेटमा बेस्सरी हल्लाइन् । एकराजकी पत्नीलाई ढोका खोल्न लगाइन् । भित्र पुगेर उनले मेरो एकराज खोइ भनेको एकराजकी पत्नी मीना भण्डारीले बताएकी छिन् ।
एकराजकी ६ वषकी छोरी पनि छिन् । छोरीसमेत भएका एकराजलाई बिमलाले मेरो पोइ भनेको मीना भण्डारीले बताएकी छिन् ।
बिमलाले एकराजको घर पुगेर बबण्डर गर्न थालेपछि स्थानीय जम्मा भए । मीनाले हारगुहार मागेपछि बिमलालाई ढोका थुनेर राखे र प्रहरीलाई बोलाए । विहानै अर्काको घरमा पुगेर हातपात गरेपछि प्रहरीले बिमलालाई नियन्त्रणमा लिएको थियो ।