तनहुँ, असार १ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । पाँच वर्षको अवधिमा मात्र जिल्लामा चितुवाकै आक्रमणबाट १२ जनाको मृत्यु भई सकेको छ । यता चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि बन्दीपुरका बासिन्दा त्रसित भएका हुन् ।
चितुवा दिउँसै बस्तीमा पसेर मानिसलाई आक्रमण गर्ने क्रम नरोकिएपछि बन्दीपुरका बासिन्दा आतङ्कित बनेका छन् । चितुवा प्रभावित बासिन्दा दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएको छ । विसंं। २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
यता मङ्गलबार दिउँसो सवा ४ बजे चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षको छोरा सुप्रिप रिलामी मगरको आक्रमण गरेर मारेपछि स्थानीय वासिन्दा झन् डराएका छन् । नरभक्षी चितुवाले दिउँसै बस्तीमा आएर आक्रमण गर्ने गरेकोले स्थानीय आतङ्कित बनेका छन् । गोरखापत्र दैनिकबाट