Logo

गाँजा खेतीबारे अध्ययन भैरहेको छ : मन्त्री गोबिन्द बन्दी



काठमाडौं, १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले गाँजा खेतीबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको स्पष्ट पारेका हुन् ।

गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा विधेयक दर्ता भएपछि सरकारले अध्ययन सुरु गरेको उनले जानकारी दिए ।

गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकको प्रचलन बुझेर नेपालमा कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लगाइएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot