Logo

मातृभाषा मेट्न खोज्ने विकल पौडेलको पद धरापमा



काठमाडौं, १ असार । नेपालीमा उखानै छः पाप धुरीबाट कराउँछ । यस्तै भएको छ मातृभाषा मेट्ने ग्राइन डिजाइनका एकजना पात्रको जीवनमा । नेपाली भाषा र लिपि सिध्याउने गरी इम्बोस्ड नम्बर प्लेटको ग्रान्ड डिजाइनका पात्र हुन् विकल पौडेल । अमेरिकाको ग्रीन कार्ड होल्डर विकलले वर्षौं देखि इम्बोस्ड नम्बर प्लेटको योजना त बनाए तर कार्यान्वयनमा निकै अवरोधहरु आए ।

विकलले ठूलै शक्तिको साथ पाएर राजनीतिक दलका नेता र कर्मचारीलाई प्रभावित बनाएर काम बढाउन सके । यतिसम्मकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत् इजलास गठन गराएर इम्बोस्ड लागू गराउने मार्ग खोल्न सके । त्यो पनि देवनागरी लिपि नै मेटाउने गरी ।

विकल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी प्रमुखमा पुनः नियुक्त भए । पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्त भए । केपी शर्मा ओलीको पालामा पनि सोही पदमा थिए । शेरबहादुर देउवाको पालामा पनि यही पदमा आए । यसपटक उनी इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन नै गर्ने गरी आए ।

पौडेल नियुक्त भएको केही दिनमै यातायात व्यवस्था विभागमाथि दबाब पर्यो कि इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा हाल्नुपर्ने । तर, चौतर्फी विरोधपछि विभागले घुमाउरो तरिकाले नयाँ गाडी र नयाँ दर्तालाई मात्र हो भन्यो । जे जसरी होस् नेपाली भाषा र देवनागरी लिपिमाथि प्रहारको योजना थियो त्यो । नेपालीको अरबौंको रकम पनि जाने र भाषा पनि जाने गरी ग्रान्डडिजाइनमा ठूलै गिरोह लाग्यो ।

बिकल पौडेल योजनामा सुरुवाती सफलता त लिन सके तर उनका धेरै कर्तुतहरु एकपछि अर्को बाहिर आउन थालेको छ । पौडेलमाथि एकजना युवतीले यौन र्दुव्यवहारको आरोप लगाएकी छिन् ।

युवतीको बयान घटना र विचार साप्ताहिकले आज प्रकाशित गरेको छ । जसमा विकलले विवाह गरेपनि ढाँटेर सम्बन्ध राखेको, गर्भ बसेको र जर्बजस्ती गर्भपतन गराएको विषय उल्लेख छ । रश्मी नाम परिवर्तन गरिएको युवतीले सन् २०१७ तिर विकलसँग भेट भएको, मालदिभ्समा समेत घुमाउन लगेको, मण्डिखाटारस्थित घरमा राखेको बताएकी छिन् ।

युवतीले २०१९ को अक्टोबर महिनामा सात महिनाको गर्भ बसेको अवस्थामा एवर्सन गराउन वाध्य बनाएको आरोप लगाएकी छिन् । एवर्सन गराउन पौडेलकै नजिकका मित्र नेपाल टेलिकमका कार्यकारी प्रमुखले गरेको घटना र विचारमा युवतीले दिएको बयानमा भनिएको छ । टेलिकमका कार्यकारी निर्देशक सुनिल पौडेल हुन् ।

युवतीले बयानमा विकल पौडेल अमेरिकाको ग्रन कार्ड होल्डर भएको र स्थायी बसोबार न्यूयोक सिटीको नोब हिल अपार्टमेन्ट रहेको समेत खुलाएकी छिन् । उनकी पत्नी क्यान्सको चिकित्सकको रुपमा अपडेट युनिभर्सिटि हस्पिटलमा कार्यरत रहेको समेत उनको भनाई छ ।

रस्मीले युरोपबाट इन्टरन्यासनल फाइनान्समा स्नातकोत्तर गरेको र अहिले पिएचडीको तयारी गरिरहेको भनेकी छिन् । विकलमाथि बैंक अफ अमेरिका, युओबी र जेपी मोर्गान जस्ता बैंकहरुमा खाता खोलेर हुण्डीमार्फत् नेपालको पैसा अमेरिका पठाउने गरेको आरोप पनि छ । उनी लगाउन सौखिन रहेको समेत रश्मीले बताएकी छिन् ।

एकपछि अर्को विवाद बाहिर आएपछि विकल पौडेलको पद धरापमा परेको छ । उनी २०७३ मा प्रचण्डका पालामा सुरक्षण मुद्रणमा योजनावद्ध तरिकाले ल्याइएका थिए । ओली प्रधानमन्त्री भएपछि पनि उक्त पदमा टिक्न सके । अहिले देउवा प्रधानमन्त्री भएपछि पनि उनी नै नियुक्ति लिन सफल भएका छन् । तर, मातृभाषा मेट्ने ग्रान्डडिजाइनका पात्र विकलको पाप धुरीबाट कराउन थालिसकेको छ । उनका कर्तुतहरु एकपछि अर्को गरी बाहिर आइरहेका छन् । महिलामाथि र्दुव्यवहार र एवर्सन नै गराएको घटनाका बाहिर आएपछि महिलावादी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवामाथि समेत दबाब बढेको छ । विकलको पद यसकारण पनि धरापमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot