Logo

समाजसेवी देवेन्द्र प्रधानलाई काठमाडौं शिक्षा बहुमुखी क्याम्पसको सम्मान



 

 

काठमाडौं,१ असार । काठमाडौं शिक्षा बहुमुखी क्याम्पसले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम समाजसेवी देवेन्द्र प्रधानलाई सम्मान गरेको छ ।

बुधबार काठमाडौं शिक्षा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री राजन केसीले प्रधानलाई सम्मान गरेका हुन ।

विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन हुने सप्ताहव्यापी कम्प्युटर प्रोग्रामिङ सम्वन्धी क्षमता अभिवद्धि कार्यक्रम उद्घाटनका कार्यक्रममा प्रधानले सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको वताए ।

कार्यक्रममा बोल्दै उनले विद्यार्थीले आफूले बुझेको जीवन उपयोगि शिक्षा आनुसार चल्नु पर्ने र शिक्षा उत्पादकसँग जोडिन आवश्यक रहेको बताए । गुणात्मक शिक्षाको लागि प्रधानले उक्त क्याम्पसलाई एक लाख ११ हजार नगद सहयोग गरेका थिए ।

सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याउँदै आएका समाजसेवी तथा राजनीतिक व्यक्तित्व प्रधान यातायात विज्ञपनि हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot