Logo

संसद बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने



काठमाडौं, २ असार । बिहीबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ ।

बुधबार मन्त्रालय र निकायले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने भनिएपनि आजको बैठकमा जवाफ दिने तयारी गरिएको हो ।

विभिन्न विषयमा उठेका प्रश्नको जवाफ र्दिसँगै बजेट पारितको अन्तिम चरणमा पुग्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot