काठमाडौं, २ असार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठुलो परिणामको लागुऔषधसहित सात जना विदेशी महिलालाई पक्राउ गरेको छ।
एक अर्ब २ करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइनसहित दक्षिण अफ्रिकी नागरिकहरु सात जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
नेपालबाट भारत हुँदै तेस्रो देश सम्म लैजान त्रिभुवन विमानस्थलबाट ल्याइएको हो । प्रहरीले गत जेठ २६ गतेदेखि ३१ गतेसम्म एक साताको अवधिभित्र ५१ किलो हेरोइन बरामद गरेको जनाइएको छ ।
आज पत्रकार सम्मेलन गरी प्रहरीले लागुऔषधको पुर्ण विवरणको बारेमा जानकारी दिएको हो । Photo : Mukunda Kalikote