Logo

संसद्लाई प्रधानमन्त्री देउवाको उपेक्षा, एनआरएनएको कार्यक्रममा सहभागी



काठमाडौं, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को बैठकमा सहभागी नभएर गैरआवासीय नेपाली संघको कार्यक्रममा सहभागी भएपछि उनको आलोचना भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम हुँदाहुँदै प्रधानमन्त्री देउवा भने संसद् बैठकमा उपस्थित् भएनन् ।

उनी बरु सोही समय पारेर काठमाडौंको लाजिम्पाटमा रहेको होटेल र्याडिसनमा एनआरएनएको कार्यक्रममा सहभागी हुन पुगे । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो ।

तर, उनले आफ्नो तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई जवाफ दिन सुझाएका थिए । सोहीअनुसार खाँणले जवाफ दिएका थिए । केही सांसदहरुले भने प्रधानमन्त्री देउवाको खोजी गरेका थिए । अहिले प्रधानमन्त्री देउवा एनआरएनएको कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्