Logo

बझाङमा यार्सा उत्पादन घट्यो, फेरि कामका लागि भारत जान थाले



बझाङ, असार ३। जीवन बुटीको नामले प्रसिद्ध बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रसस्तै पाइने बझाङमा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ ।

उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जिवनशैली बदलेका हिमाली गाउँका बासिन्दा फेरी पुरानै अवस्थामा फर्किन थालेका छन् ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुुसार बिसं २०७० मा ३ सय ७२ केजी संकलन भएको यार्सा २०७१ सालमा ३ सय ३८ किलोमा झरेको थियो ।

२०७३ सालमा भने यो परिमाणमा व्यापक रुपले गिरावट आएको देखिन्छ । २०७३ सालमा २ सय ३७ केजी मात्र उत्पादन भएको डीभिजन बन कार्यालयले जनाएको छ । यस्तै कोभिड १९ का कारण यार्सा संकलनमा केही असर परेको थियो ।

यार्सा संकलन सुरु भएदेखी हाल सम्मको उत्पादनको तुलना गर्ने हो भने सबै भन्दा कम २०७८ सालमा १४८ केजी ३७ ग्राम उत्पादन भएको डिभिजन बन कार्यलयले उल्लेख गरेको छ ।

यार्साको उत्पादन सँगै प्रत्येक वर्ष घटिरहेको मुल्यका कारण पनि यार्सा संकलकहरुका गाँउ भनेर चिनिने हिमाली गाँउपालिकाका बासिन्दाको जिवनशैलीमा पनि व्यापक फेरवदल आएको छ ।

९ वर्ष सम्म मजदुरीका लागि भारत जान छाडेका साईपाल गाँउपालिका, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला लगायतका ठाँउका अधिकासं बासिन्दाहरु पहिला झै भारतमा मजदुरीका लागि फर्किन थालेका छन् ।

कोही खेतीपाती र पशुपालन तिर लागेका छन भने कोही पुरानै सिपलाई गुजराको माध्यम बनाउन थालेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot