Logo

बूढीगङ्गामा असार २३ गते निर्वाचन



बाजुरा, असार ३ । बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । बिहीबार बसेको सर्वपक्षीय बै ठकमा दलको सहमति भएपछि निर्वाचनको समय तोकिएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बाजुराका नौ वटा स्थानीय तहमध्ये बूढीगङ्गा नगर पालिकामा फर्जी मत हाल्ने विषयमा धाँधली हुँदा यहाँको मतगणना रोकिएको थियो ।

नेपाली कांग्रेस र नेकपा (एमाले )ले आफ्नो पहुँचका मतदान केन्द्रमा एकलौ टी मत प्रयोग गरेपछि मतगणना रोकिएको थियो । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा एमालेले तथा वडा नम्बर ४ र ७ मा नेपाली कांग्रेसका कार्यकर्ताले एकलौटी मतदान गरेपछि धाँधली भएको स्थानीयले बताएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot