Logo

एमालेसँग अब सहकार्य नगर्ने केसीको घोषणा (भिडिओसहित)



काठमाडौं, ३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आफ्नो पार्टीले नेकपा (एमाले) सँग सहकार्य नगर्ने स्पष्ट पारेका छन् । एमाले अहिलेपनि नसच्चिएको केसीको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने,‘एमलेलाई हामीले धेरै सहयोग गरेको हो नि, उसलाई घ्यु पचेन ।’ केसीले एमालेलाई भन्दापनि प्रतिगमनकारी सोच र प्रवृत्तिलाई परास्त गर्न लागिपर्ने बताए । तर, एमालेबाट आफूहरुले धोका खाएको उनको भनाई छ । उनले अहिलेपनि संविधान र गणतन्त्रमाथि खतरा पैदा भएको सुनाए । केसीले तत्काल वाम गठबन्धन बनिहाल्लाजस्तो आफूलाई नलागेको जिकिर गरे । तर, एमाले सच्चियोस भन्ने आफूहरुको कामना रहेको केसीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्