Logo

अमेरिकाबाट फर्किएलगत्तै बामदेव गौतमको ओलीबारे यस्तो खुलासा



काठमाडौं, ३ असार । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम लामो अमेरिका बसाईंपछि स्वदेश फर्किएका छन् । स्वदेश फर्किएको केही दिनमै गौतम राष्ट्रिय सभामा देखिए । उनले राष्ट्रिय सभाको बैठकमा शुक्रबार बोल्दै अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बढाएको बताए ।

ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका गौतमले एसपीपीबारे आफूले अध्ययन गर्दा सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा अगाडि नबढेको बताए । कोइरालाको पालामा बढाएको भए आफू पनि संलग्न हुने अवस्था आउने बताए । कोइराला प्रधानमन्त्री हुँदा बामदेव गौतम गृहमन्त्री थिए ।

पछिल्लो समय सार्वजनिक तत्कालीन प्रधानसेनापतिको पत्रले ओलीकै पालामा एसपीपी सम्झौता अगाडि बढेको स्पष्ट हुने बताए । सुशील कोइराला सन्त नेता भएको र उनीबाट यस्तो काम हुन नसक्ने गौतमको भनाई थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot