Logo

संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलायो



काठमाडौं, ३ असार । संसदीय समितिले एसपीपीबारे जवाफको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाले प्रस्ताव गरेको एसपीपीबारे औपचारिक रुपमा सरकारको धारणा बुझ्न बोलाएको हो ।

आज बसेको समितिको बैठकले एसपीपीको विषयमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरु पनि पेश गर्न निर्देशन दिएको छ । साथै, प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे उठेका प्रश्नको समेत जवाफ माग गरेको छ।

प्रधानमन्त्री देउवालाई समितिले आगामी असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot