Logo

विश्वविद्यालयमा राजनीति नगरौँ : सभामुख शाही



काठमाडौँ,३ असार । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरुलाई राजनीति गर्ने थलोका रुपमा बनाउन नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “विश्वविद्यालयमा राजनीति नगरौँ, यसलाई शैक्षिक हवका रुपमा विकास गरिनुपर्छ ।”

पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र विश्वविद्यालय बेरोजगारी उत्पादनको हब बन्दै गएको भन्दै सभामुख शाहीले विश्वास बढ्ने गरी काम गर्न आवश्यक रहेको बताए ।

“विश्वविद्यालय भनेको अनुसन्धान गर्ने थलो हो, यहाँ राजनीति गर्ने होइन”, सभामुख शाहीले भने, “विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।” उनले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रुपमा स्थापित गर्न नहुने उल्लेख गरे ।

“विश्वविद्यालयले व्यक्तिगत स्वार्थमा अल्मलिनु हुँदैन”, उनले भने “विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक छ, विश्वको आवश्यकताअनुसार प्राज्ञिक केन्द्र रहिरहन समयसापेक्ष परिवर्तन भई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।”

विश्वविद्यालय अनुसन्धानमूलक पाटोमा केन्द्रित हुनुपर्ने शाहीको भनाइ थियो । कर्णालीपछि परेको भन्दै यसमा विश्वविद्यालयले प्रमुख भूमिका खेल्नुपर्ने शाहीको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot