काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्मा आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले डाकेपछि पुगे । उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी समझदारीका लागि सेनाले सन् २०१७ मा लेखेको पत्रबारे जवाफ दिए ।
सेनालाई एसपीपीबारे जवाफ दिन संसदको समितिमा बोलाइएकोमा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेकी नेपाली काँग्रेसकी नेता सुजाता कोइरालाले गम्भीर प्रश्न गरिन् । उनले समितिको बैठकमा बोल्दै सेनापतिलाई किन डाकेको ? भनी प्रश्न गरिन् ।
सेना जस्तो संवेदनीशल विषयमा कुनै देश विशेषलाई जोड्ने गतिविधि आपत्तीजनक भएको कोइरालाको भनाई थियो । सेनापतिलाई घन्टौं राखेर कारबाही गरेजस्तो गरी प्रश्नहरु गर्ने भनी सुजाता जंगिइन् । उनले सेनापति सरकारको स्वकृती लिएर अमेरिका, भारत, चीन जस्ता मित्रराष्ट्रहरुको भ्रमण गर्न सक्नेमा किन हल्ला मच्चाइएको भनी प्रश्न गरिन् । उनले भनिन्,‘सेनापति चीन गएको इतिहास पनि छ, भारत या अमेरिका जाँदा किन यत्रो हल्ला ?’
सुजाताले सेनालाई राजनीतिमा तान्न खोजिएको भन्दै यसले देशको हित नगर्ने सम्मको विषय अनौपचारिक रुपमा राखिरहेको बुझिएको छ । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न केही नेताहरु सेनालाई विवादमा पार्न खोजिरहेको छन् भन्दै कोइरालाले संवेदनशील निकायलाई हल्का रुपमा नलिन भनेकी छिन् ।-Photo Source: Mukunda Kalikote/Reportersnepal