Logo

मोदीले घर पुगेर सय वर्ष टेकेकी आमाको पाउ धोए



एजेन्सी, ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएका छन् ।

आमासँगै बसेर दीयो जलाएर पूजा गरेका उनले मीठाई पनि खुवाएका छन् । यी दृश्यहरु मोदीले ट्वीट गरेका छन् ।

मोदीकी आमा हीरावेन मोदी स्वस्थ छिन् । उनले आमाको आशिर्वाद थापेका छन् ।

तस्बिरहरुः नरेन्द्र मोदीको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्

Screenshot