Logo

काठमाडौं ओर्लनेबित्तिकै दुवईका राजकुमार दुर्गा प्रसाईसँग झापा लागे



काठमाडौं, ४ असार । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् । नेपाल भ्रमणकै क्रममा उनले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने जनाइएको छ । उनी शनिबार नै झापा पुगेको पनि जनाइएको छ । उक्त अस्पतालका लगानीकर्ता दुर्गा प्रसाई हुन् ।

झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ । उक्त क्यान्सर अस्पतालको सुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot