Logo

०.५२ वर्गमिटर जग्गा विवादले सरकारको ८ करोड खर्च व्यर्थै



काठमाडौं, असार ५ । सरकारले केही वर्षअघि अर्बौं रूपैयाँ खर्चेर तिनकुने–सूर्यविनायक सडक खण्डलाई ६ लेनको चौडा बनाए पनि कोटेश्वर–जडिबुटी सडकमा जाम समस्या सुल्झिएको छैन।

अघिल्लो वर्ष यसबीचको सडकलाई थप फराकिलो बनाएर समस्या समाधान हुने उपाय निकालियो। त्यसअनुसार सरकारले करिब ४ सय मिटर सडकखण्ड बनाउन करिब ८ करोड रूपैयाँ खर्चसमेत गर्‍यो छ। तर, समस्या भने आधा मात्र समाधान भएको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले ७ करोड ८१ लाख रूपैयाँ खर्चेको यो सडकखण्डकोे दायाँतर्फको सडक खुला भएर निर्बाध रूपमा सञ्चालनमा आएको छ। तर, देब्रेतर्फ पर्ने ३ सय मिटर सडकमध्ये २ सय ५० मिटरभन्दा धेरै सडक चौडा भए पनि यो अझै अवरुद्ध छ।

जडिबुटीतर्फ निकासको अन्तिम बिन्दुमा रहेको जस्ता र झिँगटीसहितको सानो घरकोे मुआब्जा तथा क्षतिपूर्ति मिलाउन नसक्दा यो खण्ड सञ्चालनमा आउन नसकेको हो। सरकारको सो ८ करोड खर्च व्यर्थै जस्तो भएको छ।

सरकारी विवरणअनुसार माइली खत्रिनीको नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ०।५२ वर्गमिटर मात्र छ। तर, उनले अनेक माग गर्दै सडक चौडा अभियानलाई बाधा पुर्‍याउँदै आइरहेकी छिन्। मुद्दा मामिलामा गएकाले सरकारले पनि केही गर्न सकेको छैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot