Logo

बुटवल-नारायणगढ सडकमा विवादित चिनियाँ कम्पनीलाई नै फाष्ट ट्रयाकको जिम्मा दिएपछि…



काठमाडौं, ५ असार । के तपाईं बुटवल-नारायणगढ सडकको यात्रा गर्दैहुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने ठूलो झन्झटमा पर्नुहुन्छ । त्यसैले थाहापाउनेहरु यो सडकमा ठूलै समस्या भोग्न वाध्य हुन्छन् । कहिलेकाहीं रात रातभर सवारी अड्केर अप्ठ्यारोमा पर्छन् । यसको कारण हो निर्माण गर्नुपर्ने समयमा चिनियाँ कम्पनी चाइटा स्टेटले काम गर्न नसक्नु ।

३४ महिना बितिसक्दा पनि ११३ किलोमिटर दूरीको सडक निर्माण १९ प्रतिशत पनि पूरा भएको छैन । काम नै फितलो र ढिलो हुँदा यही गतिमा बढेमा ५ वर्षमा पनि सडक निर्माण पूरा हुन नसक्ने देखिइसकेको छ ।

१९ डिसेम्बर २०१८ मा निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर भएके थियो । चिनियाँ ठेकेदार कम्पनीले ७ फेब्रुअरी सन् २०१९ मा काम सुरु गर्यो ।
रुख काट्नुपर्ने, विद्युत पोल हटाउनुपर्ने, पानीका पाइप हटाउनुपर्ने कारण निर्माणमा ढिलाई भएको भनिएको छ । तर, यो मात्र कारण होइन । निर्माण कम्पनीको काम गर्ने शैली ढिलो र कम गुणस्तर पनि भएको खुल्दै गएको छ ।

१२ मध्ये ११ वटामात्र ठूला पुलको काम भइरहेका छ न् । २२ मध्ये १५ साना पुलको काम भइरहेको छ । आयोजनामा कुल ४३ पुल छन् जसमध्ये ३९ साना र ४६२ कलभर्ट पनि छन् ।

चिनियाँ ठेकेदार कम्पनीले सरकारलाई दोष लगाउने गरेपनि उसको काम गर्ने शैलीमाथि प्रश्न उठिसकेको छ । फाष्ट ट्रयाकमै चाइटा स्टेटको काममा प्रश्न उठेर निलम्बन गरिएको थियो । कामको गुणस्तर कमजोर भएको भन्दै परामर्शदाता कम्पनीले प्रश्न उठाएको थियो । निलम्बन फुकुवा गरी काम गर्न भनिएको छ । तर, तोकिएको समयमा फाष्ट ट्रयाकको काम चिनियाँ कम्पनीले गर्न नसक्ने निश्चित भइसकेको छ ।

काम पछि धकेल्ने र लागत बढाउने गतिविधि निर्माण कम्पनीबाट हुँदै आएको छ । तामाकोशी परियोजनामा पनि यही भएको थियो । बुटवल- नारायणगढ सडकमा पनि यही देखिन्छ । निर्माण पूरा गर्ने अवधि बढाएर २०२४ पुर्याइएको छ । लागत पनि बढाएर फाइदा लिन ठेकेदार कम्पनी उद्धत भइसकेको छ । यो सडक १६ अर्ब ९९ करोडमा निर्माण पूरा गर्ने सम्झौता भएको हो । यसमा पनि लागत बढाउने गरी गतिविधि हुन थालिसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot