Logo

आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री नजाने



काठमाडौं, असार ५ । आज बस्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्।

समितिले आजको बैठकमा सहभागी प्रधानमन्त्री देउवालाई बोलाएको थियो तर प्रधानमन्त्रीको तर्फबाट बैठकमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित हुने बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा छलफल हुने जनाइएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा कहीबेरमा सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्