काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् ।
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले देउवा आउन नसक्ने समितिलाई जानकारी दिएको जनाइएको छ। गत शुक्रबार संसदीय समितिको बैठकले आज प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।