Logo

पब्जी हत्याकाण्ड : आरोपित छोराले काउन्सिलिङ टोलीसँग भने–मलाई थाहा छ अब के हुन्छ; अस्पतालका काकाले बाबासँग कुरा गर्छन्



एजेन्सी, ५ असार । लखनउको चर्चित पब्जीकाण्डमा आरोपित छोराले अजिबको कुरा गरिरहेका छन् । आफ्नै आमाको गोली हानेर हत्या गरको बताउँदै आएका १६ वर्षीय किशोरले बाबाले अस्पतालका काकासँग कुरा गर्ने बताएपछि अनुसन्धान गर्नेहरुको आशंका बढाएको छ।
काउन्सिलरसँग कुरा गर्दै किशोरले अस्पतालमा भर्ना भएका काका बाबाका साथी भएको दाबी गरेका छन् ।

काकाले आफुलाई बुबासँग कुरा गर्न लगाउने कुरा पनि उनले खोलिदिएका हुन् । आमा साधना सिंहको हत्या गर्ने १६ वर्षीय छोराले बाल सुधार गृहको परामर्श टोलीका अगाडि चकित पार्ने तथ्य राखेका छन् । काउन्सिलिङ टोलीको प्रतिवेदनमा बाबुले नै छोरालाई आमाको हत्या गर्न उक्साएको आशंका गरिएको थियो ।

जब काउन्सिलरले उनलाई सोधे कि तपाईलाई बाहिरका कुराहरू कसरी थाहा भयो ? जवाफ आयो, ’म यताबाट पनि बाबासँग कुरा गर्दैछु। मलाई पनि थाहा छ अब के हुन्छ । काउन्सिलिङ गरिरहेको बाल सुधार गृहको टोलीले प्रतिवेदन तयार गरिरहेको छ । नवीनको उक्साहटमा मात्र छोराले आमा साधनाको गोली हानी हत्या गरेको अनुमान गरिएको छ ।

हत्याका आरोपित बालकले टोलीलाई भने, ‘मैले जे गर्नुपर्ने थियो, गरेँ । अहिले परिवारमा चलिरहेको चर्चा, मिडियामा समाचार र प्रहरी कारबाहीले केही फरक पर्दैन ।’ बच्चाको यो जवाफ सुनेर काउन्सिलर पनि छक्क परेका छन्, किनभने बच्चालाई समाचार च्यानल र पत्रिकाबाट टाढा राखिएको छ ।

यस्तो अवस्थामा छोरासँग चलिरहेको कुराकानीलाई षड्यन्त्रका रूपमा लिँदै टोलीले अस्पतालका कर्मचारीविरुद्ध माथिल्लो निकायमा गुनासो राखेका छन् । अहिले ती कर्मचारीसँग सोधपुछसँगै उनको फोनको कल डिटेल पनि खोजी भइरहेको छ ।

यी कुराले लखनउमा कथित पब्जी हत्याकाण्डका आरोपी छोरालाई षड्यन्त्रको शिकार बनाइएको छ। ती बालकले प्रहरी कारबाहीदेखि परिवारभित्र चलिरहेको कुराकानी र सञ्चारमाध्यमको हेडलाइन्ससम्म उनले सीमा पर्खालभित्रका हरेक जानकारी लिइरहेका छन् ।

१६ वर्षको उमेरमा आफ्नै आमाको हत्या गर्ने छोरालाई बाल सुधार गृहका बालबालिकाका लागि पनि खतरा मानिएको छ । त्यसैले उनलाई साना बालबालिकाबाट टाढा राखिएको छ । उनलाई सीसीटीभी क्यामराबाट सधैं निगरानीमा राखिएको छ । बाल सुधार गृहका सुपरिटेन्डेन्टले भने, ‘यहाँ जम्मा १२० जना बालबालिका छन् । त्यहाँ साना केटाकेटीहरूका लागि तल र १६ वर्ष भन्दा माथिका बच्चाहरूको लागि पहिलो तल्लामा कोठाहरू छन्। उनी बच्चालाई तलको बाँकी बच्चाहरूबाट टाढा राखिएको छ।

लखनउको पब्जी हत्याकाण्डकी १० वर्षीया निर्दोष छोरीले आमाको मृत्यु भएको १२ दिनपछि जिब्रो खोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले दाइले गोली चलाएको देखेको छैन । आवाजमात्र सुनियो । आमा ओछ्यानमा पल्टिरहनुभएको थियो । रगत थियो । दाइले मेरो अनुहार अर्कोतिर फर्काएर मलाई अर्को कोठामा लगे। मलाई त्यहीँ छोडेर ऊ स्कुटी लिएर बाहिर निस्कियो । केही बेर त्यहीँ बसे । त्यसपछि आमाको कोठामा गए । मैले ढोका खोल्दा आमा ओछ्यानमा रोईरहनुभएको थियो। म नजिक गएर उहाँलाई छोएँ। अँगालो हाल्नै लागेको थियो कि दाइ आए । केही बुझ्न सकिन । दौडिएर अर्को कोठामा गए ।’



प्रतिक्रिया दिनुहोस्