Logo

प्रेमराजा महत ऋषि धमलाभन्दा १० वर्ष कान्छो ! अर्बपति भन्नेलाई दिए यस्तो जवाफ (भिडिओसहित)



काठमाडौं, ५ असार । बरिष्ठ लोकगायक प्रेमराजा महतले आफू ऋषि धमलाभन्दा १० वर्ष कान्छो रहेको भन्दै ठट्टा गरेका छन् । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो कोही पनि दुश्मन नरहेको स्पष्ट पारे । उनले आफू जीवनमा कहिल्यैपनि कसैको प्रेममा नपरेको स्मरण गराए ।

अमेरिकामा रहँदापनि कुनैपनि किसिमको अफेयरमा नपरेको जिकिर गरे । उनले आफूले नेपाललाई कहिल्यैपनि नबिर्सिएको र ६/६ महिनामा नेपाल आउने गरेको स्पष्ट पारे । आफू नेपाल र नेपालीप्रति जहिल्यैपनि समर्पित रहेको महतको भनाई छ । उनले आफूले अमेरिकामा बसेर पैसा नकमाएको जिकिर गरे । तर, आफू प्रेमको हिसाबमा भने अर्बपति रहेको उनले स्पष्ट पारे ।

कुराकानीको क्रममा गायक महतले आफू पत्रकार धमलाको फ्यान रहेको सुनाए । परिश्रमको फलबाट आज पत्रकार धमला मिडियाको मालिकसम्म बनेको देख्दा खुशी लागेको उनको प्रतिक्रिया छ । महतले अमेरिकामा आफू बसेको घरमा आउने सबै पाहुनाहरुलाई नेपाली परिकार नै खुवाउने गरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot