बारा, ५ असार : सशस्त्र प्रहरी परिवार महिला संघले बाराका तीन पालिकाका एक हजार ५० घरधुरी परिवारलाई झुल र पोलार ब्ल्याङ्गकेट वितरण गरेको छ ।काठमाडाैंस्थित फिटवेल गार्मेन्टको सहयोगमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने (अर्याल) ले निजगढ, कोल्हबी नगरपालिका र करैयामाई गाउँपालिकाका एक हजार ५० गरिव र विपन्न प्रतिपरिवार तीन थान झुल र एक थान पोलार ब्ल्याङ्केटसहितको राहत प्याकेट वितरण गरेकी हुन् ।
सशस्त्र प्रहरी परिवार महिला संघले निजगढको भक्तलाल, कोल्हबीको रामपुर्वा र करैयामाईमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राहत सामग्री वितरण गरेको हो । अध्यक्ष लामिछानेले संघले देशका विभिन्न भागमा हुने बाढी, पहिरो, आगलागी, हुरीबतास पीडित र अतिगरिब, असाहाय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको जानकारी दिइन् । file photo