Logo

अझै रोकिएन नेप्सेमा ओरालो लाग्ने क्रम



काठमाडौं, ५ असार । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । त्यस्तै, १ अर्ब १३ करोडको शेयर कारोबार भएको छ ।

नेप्से परिसुचक आइतबार ३७ दशमलव २७ अंकले घटेर १९३४ दशमलव ११ विन्दुमा पुगेको हो । आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव २९ अंकले घटेर ३७३ दशमलव ८५ विन्दुमा थामिएको छ ।

आइतबार २२३ कम्पनीका १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर खरिदविक्रि भएको नेप्सेले जनाएको छ। आज सबै सुचक राताम्मै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot