Logo

बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म



काठमाडौं, ५ असार । बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले ऐतिहासिक बागदरबारलाई भत्काउने पूर्वमेयर विद्यासुन्दर शाक्यको निर्णयलाई उल्टाएर रेट्रोफिट गर्ने कार्यक्रममा उल्लेख गरेका छन् ।

बसस्टपहरुमा परमपरागत फल्चा निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । फल्चा बसिबियालोका लागि परम्परागत रुपमा प्रयोगमा आउने गथ्र्यो । तर, ती विस्तारै लोप हुँदै गएका छन् ।

स्थानीय रक्सीको ब्रान्डिङ गर्ने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उनले पानी पुनर्भरणका लागि कार्यालयका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । उपत्यकामा पोखरी लोप हुँदै गएका छन् ।

यसैगरी, बालेन साहले हरेक आइतबार जनतासँग मेयर कार्यक्रमको घोषणा गरेका छन् । कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन पनि महत्वका साथ राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्