Logo

केयुकेएलका सिइओ हटाउन दाउपेच



काठमाडौं, असार ६ । खानेपानी मन्त्री उमाकान्त चौधरीको लिस्टका ९० जनालाई करार सेवामा नियुक्त गर्न नमानेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई हटाउन दाउपेच सुरु भएको छ।

खानेपानी मन्त्री चौधरीको उक्साहटमा दलनिकट कर्मचारीका संघसंगठन प्रमुख कार्यकारी अधिकृत शाक्य विरोधी आन्दोलनमा उत्रेका छन्। सरकारले खानेपानीलाई अत्यावश्यक सेवामा राखेर हडताल, आन्दोलन, बन्दजस्ता कार्यक्रम निषेध गरेको छ।

केयुकेएलका कर्मचारीका अनुसार तीन महिनाअघि खानेपानी मन्त्रीका स्वकीय सचिव कृष्ण चौधरी र उपसचिव शशी लम्साल मन्त्री निकट ९० जनालाई करार सेवामा नियुक्त गर्नुपर्ने मागसहित प्रमुख कार्यकारी अधिकृत शाक्यको कार्यकक्षमा पुगेका थिए।

केयुकेएल कर्मचारी संगठनका अध्यक्ष नवलसिंह साउदले केही महिनाअघि मात्र लिमिटेड व्यवस्थापनले संस्थामा राजनीति हस्तक्षेप रोक्न ९० करार पद रद्द गरेकाले अब फेरि करार सेवामा नियुक्त गर्न नहुने भन्दै संगठनले विरोध गरेको स्पष्ट पारे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot