Logo

जिसस सिरहामा एमाले–जसपाको प्यानलनै विजयी



काठमाडौं, ६ असार । जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको गठबन्धनको पुरा प्यानल नै निर्वाचित भएको छ । सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप महतो निर्वाचित भएको जसपाकी मधेश प्रदेश कोषाध्यक्ष रेनु यादवले जानकारी दिईन् ।

यस्तै सदस्यहरूमा एमालेबाट गिता कुमारी पासवान, सोनाबती कुमारी महरा, रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन् । जिससमा गठबन्धन गर्नको लागि एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र जसपाकी नेतृ रेनु यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot