Logo

मेयर शाहले सार्वजनिक गरे चुनावी खर्च, मतगणनाको बेलामात्रै १ लाख खर्च (विवरणसहित)



काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाहले आफ्नो चुनावी अभियानको दौरानमा भएको चुनावी खर्च सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शाहले चुनावी अभियानमा तीन लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

“खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।

र, भन्नै पर्ने कुरा छ – एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot