Logo

डिजेल बढ्दा सिँचाइ महँगो, किसान चिन्तित



कैलाली, असार ७ । सिँचाइका लागि पर्याप्त योजना नहुँदा कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा डिप बोरिङ र पम्पसेटबाट पानी तानेर कृषि कर्म गर्दै आएका छन्।

खेतीपातीका लागि आवश्यक सिँचाइ गर्न पम्पसेटमा इन्धनको प्रयोग आवश्यक पर्छ। त्यही इन्धन (डिजेल) को मूल्यवृद्धिले गर्दा सबैभन्दा बढी मारमा किसान पर्न थालेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दा किसानलाई सिँचाइका लागि समस्या परेको हो।

पम्पसेटबाट पानी तान्नेर खेत सिञ्चित गर्नका लागि चाहिने इन्धन (डिजेल)को मूल्य प्रतिलिटर १ सय ९२ रुपैयाँ हुँदा धान रोपाइँका लागि किसानलाई सकसलेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot