Logo

पाकिस्तानको अस्पतालमा हिन्दु गर्भवती महिलामाथी क्रुरता, बच्चाको टाउको पेटमै छाडेको खुलाशा



एजेन्सी, ७ असार । पाकिस्तानको सिन्ध प्रान्तको एक सरकारी अस्पतालमा एक गर्भवती हिन्दु महिलामाथि निर्ममताको घटना सार्वजनिक भएको छ ।

त्यहाँ डाक्टर नहुँदा अनुभवविहीन कर्मचारीले उनको सिजेरियन प्रसूति गराउँदै आएका छन् । बालकको टाउको घाँटीÞबाट काटिएको छ । यति मात्र होइन, बच्चाहरूलाई पेटमै छाडेर गएका कारण महिलाको जीवन कष्टकर बनेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले उल्लेख गरेको छ ।

गर्भवती महिला ३२ वर्षकी थिइन् । उनी थारपार्कर जिल्लाको दुर्गम क्षेत्रकी हुन् । उनी सुत्केरीका लागि आइतबार ग्रामीण स्वास्थ्य केन्द्र पुगेकी थिइन् । घटनापछि उनलाई मिठी नजिकको अस्पताल लगिएको थियो, जहाँ उनको उपचार हुन सकेन ।

ती महिलाको परिवारले उनलाई अर्कै अस्पताल लगेर त्यहाँ आमाको गर्भबाट बच्चाको बाँकी शरीर निकालेर महिलाको ज्यान बचाएको छ । बच्चाको टाउको भित्रै अड्किएको र आमाको पाठेघर फुटेको एजेन्सीले जनाएको छ । उनको ज्यान बचाउन पेट चिर्नुपरेको थियो ।

गाउँ अस्पतालका केही कर्मचारीले पीडित महिलालाई स्ट्रेचरमा सुतेको भिडियो बनाएर विभिन्न ह्वाट्सएप ग्रुपमा सेयर समेत गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot