Logo

एन्फा अध्यक्ष नेम्वाङले आज शपथ लिने



काठमाडौं, ८ असार । अखिल नेपाल फटुबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका निर्वाचित पदाधिकारीहरुले आज शपथ लिदैंछन् ।

अध्यक्ष नेम्वाङसहित सम्ुर्पण पदाधिकारी र सदस्यहरुले एन्फा कम्प्लेक्स सातदोबाटोमा शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहणको कार्यक्रम आज बेलुका पाँच बजे निर्धारण गरिएको छ ।

गत सोमबार भएको एन्फाको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी निर्वाचित भएका थिए । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।

केन्द्रीय सदस्यमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी, लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना केन्द्रीय सदस्य बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot