Logo

अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको रिटको सुनुवाई आजदेखि हुने



काठमाडौं, ८ असार । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आजदेखि सुरु हुँदैछ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका ५२ पदाधिकारीविरुद्ध परेको रिटको संवैधानिक इजलासमा आजदेखि सुनुवाई सुरु हुने भएको हो ।

उक्त रिटको सुनुवाई काम प्रधानन्यायाधीश दीपककुमार कार्की,हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा इजलासमा परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot