Logo

दुर्गा प्रसाईको भविष्यवाणी-५ वर्षभित्र नेपालका निजी अस्पताल बन्द हुन्छन्



काठमाडौं, ८ असार । प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने ठोकुवा गरेका छन् । राज्यको नीतिको कारण निजी अस्पताल बन्द हुने उनको टिप्पणी छ ।

आज (बुधबार) काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ त्यस्तै, उनले नेपालमा सञ्चालनमा रहेका नर्सिङ कलेज पनि बन्द हुने बताए । उनले थपे–‘नेपालमा भएका नर्सहरू विदेश जाँदैछन्, त्यसपछि नेपालमा नर्सिङ पढ्नै पाइँदैन । भारत वा अन्य देशतर्फ लाग्नुपर्छ ।’

तस्विर : अमृत पौडेल, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot