Logo

रवि लामिछानेविरुद्ध स्वतन्त्र उम्मेदवारहरु उत्रिए



काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेकी दिन रवि लामिछानेमाथि उनकै दाजु हरिशरण लामिछानेले प्रहार गरे । परिवारवादलाई निषेध भन्दै हरिशरणलाई निषेध गरेपछि कडा जवाफ दिए । उनले कुन्डली हेरेर मात्र रविको दलमा छिर्नुपर्ने अवस्था रहेको भन्दै व्यङ्ग्य गरे ।

हरिशरणको प्रहार पछि रविमाथि एकपछि अर्को प्रहार हुन थालेको छ । उनले देशभरका स्वतन्त्रलाई आफ्नो दलमा गोलबद्ध हुन समेत आग्रह गरे । तर, परिस्थिति ठिक उल्टो भयो । उनीविरुद्ध स्वतन्त्र उम्मेदवारहरु नै उत्रिएका छन् । निर्वाचन आयोगमा ७ असारमै उनले पार्टी दर्ताको निवेदन दिए । तर, त्यसविरुद्ध स्वतन्त्र उम्मेदवारहरुले दर्ता रोक्न माग गर्दै उजुरी दिएका छन् ।

स्वतन्त्र शब्द नै राखेर दलको नाम राख्दा जनतामा भ्रम र अन्यौल उत्पन्न भएको समेत स्पष्ट पारिएको छ । निवेदन दिनेमा मनोज पण्डित पुष्कर शाहसहित ४ जना छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको पत्रमा दूषित मनसाय राखेर स्वतन्त्र नाम जाडेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot