Logo

सत्यमोहन जोशीले राखेको अन्तिम इच्छा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पूरा गरिदिए



काठमाडौं, ८ असार । शताब्दी पुरुष सत्यमोहन जोशीले अस्पतालबाट राखेको अन्तिम इच्छा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पूरा गरिदिएका छन् ।

संस्कृतिविद् जोशीलाई अस्पतालको वेडमा भेट्न पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई उनले आफ्नो अन्तिम इच्छा भन्दै चक्रसंवर पौभा निर्माणका लागि प्रस्ताव गरेका थिए । जोशीको प्रस्ताव अनुसार चक्रसंवर पौभा निर्माणका लागि पर्यटनमन्त्री श्रेष्ठले ४५ लाख विनियोजन गरिदिएका छन् ।

नेपालबाटै लोप हुन लागेको चक्रसंवर पौभा (प्राचन भित्ते चित्र) को संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आफूले आवश्यक बजेट विनियोजन गरेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

लोक चित्रकारको नेतृत्वमा भइरहेको चक्रसंवर पौभा निर्माणको कामलाई पूर्णता दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले विशेष योगदान पु¥याएका छन् ।चक्रसंवर पौभा निर्माणका लागि विशेष भूमिका खेलेको भन्दै शताब्दी पुरुष जोशीले पर्यटनमन्त्री श्रेष्ठलाई धन्यवाद समेत दिएका छन् । जोशीलाई भेट्न उनको निवासमा पुगेका श्रेष्ठलाई नेपालको प्राचिन कला र सभ्यता जगेर्ना गर्न अग्रसरता देखाएकोमा धन्यवाद दिँदै उच्च प्रशंशा गरेका छन् ।

युनेस्कोको मापदण्ड र स्वीकृति अनुसार चक्रसंवर पौभा निर्माण भइरहेको जनाउँदै संस्कृतिविद् जोशीले यो नेपालको मात्र नभइ विश्वकै सम्पदा भएको बताए । पर्यटनमन्त्री श्रेष्ठले नेपालको प्राचिन कलालाई संरक्षण गर्न आफूले निरन्तर सक्रियताता देखाउने बताए ।

चक्रसंवर पौभा निर्माणको नेतृत्व गरिरहेका लोक चित्रकार चक्रसंवर पौभा लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाभन्दा पुरानो भएको दाबी गर्छन् । चक्रसंवर पौभा चित्रकला बुद्ध धर्मको तन्त्रयानसँग जोडिएको बताउँदै उनले यो तिब्बती परम्परागत चित्रकला थान्काभन्दा पुरानो रहेको स्पष्ट पारे । लोक चित्रकारले यो प्राकृति रङबाट बनाइने समेत सुनाए ।

थान्का चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो देखिन्छ । यो चित्रकलाई विश्वमाझ चिनाउने शताब्दी पुरुष सत्यमोहन जोशी अन्तिम इच्छा छ । त्यो इच्छा पूरा गरिदिन बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले अग्रसरता लिएका छन् । चक्रसंवर पौभा निर्माणका लागि आफूले जस्तोसुकै सहयोग र सक्रियता देखाउन तयार रहेको पर्यटनमन्त्री श्रेष्ठको उद्घोष छ । उनले बजेट व्यवस्थापनदेखि अन्य प्रबन्ध मिलाउने काम समेत गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्