Logo

आज थप ३१ जनामा कोरोना संक्रमण



काठमाडौं, ८ असार । नेपालमा आज थप ३१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । २४ सय २५ जनामा गरिएको परीक्षणममा आज २८ जनामा पीसीआर र ३ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १० जना संक्रमणमुक्त भएका छन् । आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या १४२ रहेको मन्त्रालयले जनाएको छ । आज एकै दिनमा कोरोनाविरुद्धको खोप १ लाख २ सय ९३३ जनाले लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot