Logo

घरमा कोही नहुँदा जंगलमा लगेर बालिका बलात्कार गरेपछि…



बारा,९ असार । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot