Logo

रवि लामिछानेलाई पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन दबाब



काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेमाथि स्वतन्त्र उम्मेदवारहरुको ठूलै दबाब परेको छ । उनीमाथि स्वतन्त्र शब्द हटाउन दबाब बढेको हो ।

रविमाथि उनकै दाजु हरिशरण लामिछानेले स्वतन्त्र शब्द हटाउन दबाब दिएका छन् । विश्व साइकल यात्री पुष्कर शाह देखि चलचित्र निर्देशक मनोज पण्डित समेतले स्वतन्त्र शब्द हटाउन निर्वाचन आयोगमा निवेदन दिएका छन् । लामिछानेमाथि स्वतन्त्र शब्द माथि नै प्रहार गरेको आरोप लगाइएको छ ।

लामिछानेले स्वतन्त्रहरुलाई एकजुट बनाउने भन्दै पार्टीको नाममा स्वतन्त्र शब्द राखेका थिए । तर, त्यसको सर्वत्र विरोध भएको छ । पूर्वसचिव भीम उपाध्यायले तत्काल स्वतन्त्र शब्द हटाउन रवि लामिछानेलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot