Logo

घोरल मारेको अभियोगमा जेल परेको कुकुर ३ महिनापछि बाहिरीयो



काठमाडौं, ९ असार । घोरल मारेको अभियोगमा थुनामा रहेको कुकुरले आज मालिक भेटेको छ ।

डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकुर ३ महिनापछि घर फर्केको हो । गत फागुन २६ गते घोरल मारेको अभियोगमा कुकुर, कुकुरका मालिक च्याम्पा तामाङसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मालिकहरु भने धरौटीमा छुटेपनि कुकुर भने प्रहरीकै नियन्त्रणमा थियो ।

आज उनका मालिकहरु वन कार्यालयको सम्पर्कमा आएपछि कुकुर घर फर्किएको हो । उनीहरु विरुद्ध जंगली जनावर चोरी सिकारी गरेको अभियोगमा वन कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot