काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः अमेरिका भ्रमण नजाने भएका छन् । उनी असारको अन्तिम साता अमेरिका जाने भनिएकोमा नजाने भएका हुन् ।
देउवाले अमेरिका भ्रमणमा अमेरिकाको सैन्य समझदारीसम्बन्धी एसपीपीमा समझदारी गर्ने चर्चा थियो । यसको चर्को आलोचना भएको थियो । सरकार एसपीपीबाट पछि हट्ने निर्णयमा पुगेको थियो ।
एसपीपीमा समझदारी नहुने भएसँगै देउवा अमेरिका पनि नजाने भएका हुन् ।