Logo

इतिहास रच्दै चार महिला डीआइजी बन्दै



काठमाडौं, असार १० । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

यसपटक नेपाल प्रहरीमा एकैपटक चार महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । प्रहरीमा यसअघि एकैपटक दुईजना महिला अधिकृत डीआईजी बनेका थिए ।

गृह मन्त्रालयले गरेको बढुवा सिफारिसअनुसार २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना एकैपटक डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।

यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । हालका आईजीपी सिंहपछि आईजीपी बन्ने दौडमा उनीहरू चारै जनालाईसमेत अवसर प्राप्त गर्ने बाटो खुलेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot