Logo

मन्त्री फेर्न नसक्दा माधव नेपाल हैरान



काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो ।

तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय कार्यान्वयन हुन सकिरहेको छैन । मन्त्री हेरफेर गर्ने निर्णयसँगै पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्णय कार्यान्वयन गर्न पटक–पटक प्रधानमन्त्री देउवालाई भेटेर दबाब दिँदै आएका छन् ।

तर, प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्नका लागि ध्यान नदिएको बताएको छ । नेकपा (एस) ले आफ्ना मन्त्रीहरू फिर्ता बोलाई ती ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको आज १८ दिन पुगेको छ । गठबन्धन सरकारमा कुनै पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि केही घन्टामै नयाँ मन्त्रीको शपथ हुनुपर्ने हो ।

तर एकीकृत समाजवादीले मन्त्री बनाउने भनेकाहरूको शपथको टुंगो अझै भइसकेको छैन ।एकीकृत समाजवादीले गत जेठ २२ मा चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टी निर्णय कार्यान्वयन गर्न अध्यक्ष माधवकुमार नेपालमाथि दबाब छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot