Logo

एकातर्फ गठबन्धन धरापमा अर्कोतर्फ दलहरु फुटको संघारमा



काठमाडौं, १० असार । सत्ता गठबन्धन धरापमा परेको छ । अर्कोतर्फ, गठबन्धनका दलहरु नै फुटको संघारमा पुगेका छन् ।

मन्त्री बन्ने रस्साकस्सी दलहरुभित्रै चलेपछि नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । नेकपा एसमा हाल रहेका मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपाललाई चुनौती नै दिएका छन् । एस फुट्ने सम्भावना रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालले सिफारिश गरेकाहरुलाई मन्त्री बनाउन आनाकानी गरिरहेका छन् ।

जसपाभित्र उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह फुटको नजिक छन् । मन्त्री बनेका र बन्न चाहने आकांक्षीहरुमा विभाजितहरु विवाद चर्काइरहेका छन् ।

नेकपा माओवादी केन्द्रभित्र पनि निकै ठूलो विवाद छ । मन्त्री बन्ने होडवाजीले माओवादीमा विवाद बढाएको हो ।

देउवाले नेकपा एसबाट सिफारिश भएका नयाँ मन्त्रीहरुलाई नियुक्ति दिन नमानेपछि गठबन्धन नै धरापमा पर्ने अवस्था बनेको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएका छन् । उनले एमालेसँग पानी बाराबार नहुने भन्दै एकताको सम्भावना औल्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउन खोजेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका छन् । यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot