Logo

तालिवानको बर्बरतासँगै अफगानी जनतालाई भूकम्पले दियो दुःख



एजेन्सी, १० असार । अफगानिस्तान फेरि तालिवानको बर्बरताको चंगुलमा छ । इस्लामिक अतिवादी संगठन तालिवानले महिलाहरुलाई शिक्षाबाट वञ्चित गरेको छ । काम गर्न जान रोक लगाएको छ । पुरुषहरुमाथि पनि कडाई छ ।

अफगानी जनताले तालिवानको बर्बरता खपिरहँदा फेरि अर्को दुःख भोगेका छन् । ५.९ म्याग्निच्युडको भूकम्पले हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

भूकम्पबाट धेरै क्षति पक्टिटा प्रान्तमा भएको छ । त्यहाँका सर्वसाधारण भोकमरीमा परेका छन् । खानलाई केही नभएको र बस्नलाई बास नभएको भन्दै मानिसहरु रोइकराई गरिरहेका छन् ।

पक्टिटाका ढुङ्गा र माटोले बनेका सबैजसो घरहरु ध्वस्त भएका छन् । मानिसहरु आफन्तलाई भग्नावशेषभित्र खोजेर निकालिरहेको दृश्य देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्