काठमाडौं, १० असार । काठमाडौंको गोकर्णेश्वर–६ सर्वनाम शिक्षालयका छात्रावासका वार्डेन छात्राहरुलाई यौन दुव्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।
छात्राहरुले यौन दुव्यवहार गरेको जाहेरी दिएपछि गोकर्णश्वर जोरपाटी बाहुनधारामा रहेको उक्त शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि कक्षा ७,८ र १२ का ३ जना छात्राहरुले यौन दुव्यवहार गरेको आरोप लगाएर जाहेरी दिएका छन् ।
प्रहरीले बस्नेतलाई गत जेठ २१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । छात्राहरुले वार्डेनले संवेदनसिल अंगहरुमा छोएको र सुम्सुम्याउने गरेको प्रहरीलाई बताएका छन् ।