Logo

विदेशीको अगाडी लम्पसार परेर होइन, राष्ट्रभक्तिले पार्टीलाई अगाडी बढाउनुपर्छः माधव नेपाल



काठमाडौं, असार १० । जेठ १७ मा भएको मन्त्री हेरफेरको निर्णयका कारण गम्भीर विवादमा फसेको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)पार्टीको पोलिटब्युरो बैठक बसिरहेको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थासंगै राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश बारे प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा बोल्दै अध्यक्ष नेपालले एकिकृत समाजवादी अरु पार्टीजस्तो विदेशीका अगाडी लम्पसार नपर्ने बताउदै सम्भावना र अवसरको प्रयोगबाट पार्टीलाई अगाडी लैजानुपर्नेमा जोड दिए । पार्टी समक्ष थुप्रै चुनौतीहरु रहेको बताउदै उनले विदेशीको भन्दा राष्ट्र र राष्ट्रिय हितमा पार्टी अगाडीबढ्ने बताउनुभयो ।

बैठकमा स्थानीय तह निर्वाचनबारे समीक्षासमेत गरिएको छ। यो बैठकले पार्टीको आगामी रणनीति र योजनाबारे पनि छलफल गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स क्लब नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot