काठमाडौं, १० असार । संघीय संसद अन्तर्गतको उद्योग समितिले गत असार ६ गते गरेको निर्णय कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले गत असार ६ गते बसेको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
फलामे डण्डीको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तशुल्कमा गरिएको विभेदकारी व्यवस्थाका कारणले उद्योगहरु धरासायी भएको भन्दै पुनः विचार गर्न समेत मन्त्रालयललाई समितिले निर्देशन दिएको छ।
भन्सार तथा अन्त शुल्कमा आव २०७९/८० को बजेटमा जारी गरेको व्यवस्थालाई परिमार्जन गरी प्रतिस्थापन विधेयक भन्दा पहिलाकै व्यवस्था कायम गर्ने लगायतका निर्णयहरु समितिले गरेको छ ।
स्पञ्जबाट बिलेट बनाउँदा १५ प्रतिशत कम मुल्य अभिवृद्धि हुने हुँदा स्पञ्जको आयातमा भन्सार महसुल ४.७५ प्रतिशतमा पुर्ण छुटको सट्टा २५ प्रतिशत सम्म मात्र छुट दिन समितिको निर्देशन छ ।